फिदिम / आजबाट सुरु हृुने भनिएको  पाँचथर गोल्डकप मौसमको कारणले स्थगित भएको छ ।

गोल्डकपको उद्घाटन पतिनिधिसभा सांसद बसन्तकुमार नेम्वाङले भोलि बिहान ८ बजे गर्ने कार्यक्रम तय गरिएको छ । आज हुने भनिएको खेल मिसन युनाइटेड ताप्लेजुङ र डिएफसी मोरङ बिचको खेल बिहान हुने र रेड हर्स इलाम र विर्तामोड युनाईटेड झापा बिचको खेल दिइसो हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा मिसन युनाइटेड ताप्लेजुङ र डिएफसी मोरङसंगै हिमालयन शेर्पा क्बल, जावलाखेल युथ क्बल, दार्जिलिङ युनाईटेड भारत, विजय युथ क्लब हेटौडा, रेड हर्स इलाम, विर्तामोड युनाईटेड झापा, न्यु स्टार क्लब सुनसरी र आयोजक पाँचथर क्बलको सहभागिता रहेको छ । प्रतियोगिताका लागि आयोजक पाँचथर क्लबले जिल्लाका खेलाडीलाई मात्र समेटेर आफ्नो टिम बनाएको छ ।

पाँचथर जिल्लाको प्रतिष्ठित गोल्डकप मध्येको एक रहेको यस प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।