दमक । विद्युत् चुहिएर झापाको दमक–३ स्थित गोलाटारका कृष्णप्रसाद गुरागार्इंको घरमा गए राति आगलागी हुँदा करीब रु छ लाख बराबरको क्षति भएको छ ।

राति ९ बजेतिर अचानक आगलागी हुँदा गुरागार्इंको काठको बेराले बनाएको दुईतले टिनको घरमा क्षति पुगेको थियो । आगोले घरमा रहेको अन्नपात, भाँडावर्तन नष्ट भएको थियो ।

आगलागी प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा करीब एक घण्टापछि नियन्त्रणमा आएको बेलडाँगीस्थित अस्थायी प्रहरी चौकीले जनाएको छ ।