इलाम । जिल्लाकै सबैभन्दा ठूलो मानव निर्मित पोखरी सन्दकपुर गाउँपालिकास्थित जमुनाको ढाप पोखरीमा हुन लागेको ‘चन्द्रपाल थेबे ढाप पोखरी महोत्सब’को तयारी पूरा भएको छ ।

चैत २८ गते पर्सीदेखि तीन दिनसम्म चल्ने महोत्सबका लागि स्टेच, गेट निर्माण देखि व्यवस्थापकीय पक्ष समेतको तयारी पूरा भएको जनाइएको छ ।

गत चार वर्षदेखि लगातार बार्षिक रूपमा हुदैं आएको उक्त महोत्सव यस वर्ष ‘पोखरीमा फिसिङ’ गर्न पाइने साथै घोडचडीको समेत व्यवस्था रहेको महोत्सबका प्रचारप्रसार समितिका संयोजक उमेश गुरुङले जानकारी दिए । तीन दिनमा करिब ३० हजार पर्यटक भित्र्याउने लक्ष्यकका साथ हुन लागेको महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न पाइने जनाइएको छ । ‘ग्रामीण जीवनसँग साक्षात्कार गर्ने किसिमका सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्ने प्रयासमा छौ ।’

ढाप पोखरीको प्रचार प्रसार र दुर्लभ रातो हाब्रे पाइने स्थान चोयाटार वनको समेत प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको महोत्सव आयोजक समितिका अध्यक्ष जीतबहादुर साँवाले जानकारी दिए । उहाँका अनुसार यस क्षेत्रमा आन्तरिक पर्यटक भित्र्याउनका लागि स्थानीय खाना र जातिय वेषभूषाको समेत प्रदर्शन गरिने छ । विशेष गरी महोत्सवका प्रमुख आकर्षण भनेको पोखरीमा डुंगा सयर र ‘फिसिङ’रहेको छ ।

पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै आएको ढाप पोखरीमा सौचालय निर्माण , खानेपानी बिस्तार जस्ता कार्य गर्न महोत्सव आयोजना गरिएको सावाले बताए  । ५० हजार पर्यटक भित्रने अनुमान गरेको आयोजकले २० लाख बढी खर्च हुने जनाएको छ । ५५ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीको लम्बाई २ सय १५ मिटर र चौडाई १०० मिटर रहेको छ । ढाप पोखरीमा सडक , होटल होमस्टे आदिको अझै पनि अभाव नै रहेको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य गरिने गर्न लागिएको यो महोत्सबबाट स्थानीय हागे थापमा पाइने रेडपाण्डाको समेत प्रचारप्रसार गरिने जनाइएको छ । अध्यक्ष राईका अनुसार यस क्षेत्रमा रहेका दुर्लभ रेडपाण्डाको समेत हर्न पाइने गरिने महोत्सब गर्न लागिएको हो ।