अर्जुनधारा । बजार सफा राख्नका लागि अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा मंगलबार ४० थान डस्टविन वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

रोट्रयाक क्लब बिर्तामोडसँगको साझेदारीमा नगरपालिकाको तर्फबाट उपमेयर कमला आचार्य खतिवडाले खुदुनबारी बजारका लागि २ नम्बर वडाध्यक्ष रघुनाथ खनाललाई उक्त डस्टविन हस्तान्तरण गरेका हुन् ।

नगरको साडे ५ लाख सहयोगमा डस्टविन हस्तान्तरण कार्यक्रममा २ नम्बरका लागि २० र ३ नम्बर वडाका लागि २० थान प्रदान गरिएको क्लबका निवर्तमान अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिए ।

३ नम्बर वडाका लागि सदस्यद्वय होमनाथ दुलाल र सीताराम भट्टराईले डस्टविन बुझेका थिए । कार्यक्रममा नगरका बरिष्ठ योजना अधिकृत हिमराज सेढाई, रोट्रयाकका पूर्वअध्यक्ष विकास बस्नेतलगायतको सहभागिता रहेको थियो ।

निवर्तमान अध्यक्ष बुढाथोकीका अनुसार यसअघि शनिश्चरे बजारमा ११० वटा डस्टविन राखिइसकेको छ । थप २६वटा राख्ने तयारी छ भने खुदुनाबारीकै लागि ६ वटा, महानन्द चोकका लागि १८ वटा र कालिस्थानका लागि १८ वटा डस्टविन वितरणको तयारी गरिएको छ ।