मेचीनगर/ नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरी उद्योग मेचीनगर–६, इँटाभट्टा चालु आर्थिकवर्ष २०७५ ÷०७६ को शुरुवातदेखि आर्थिकरुपमा मजवुत देखिएको छ ।

उद्योग चालु आर्थिकवर्षको साउनदेखि चैतसम्म आइपुग्दा कुनै महिना आर्थिक हिसाबले सञ्चालन खर्च धान्न नसक्ने अवस्थामा छैन । उद्योगमा जग्गाबाहेक संस्थाको झण्डै १५ करोड रुपैयाँ लगानी भएको छ । यो उद्योग स्थापना भएयता आर्थिक हिसाबले खासै उपलब्धि नभए पनि अब सुरक्षित बाटोमा पुगेको छ ।

यो वर्षको सञ्चालन बचत चैतसम्म करिब ८० लाख रुपैयाँ पुगेको छ । यो वर्ष उद्योगको ह्रासकट्टी खर्च लगभग धान्न सक्ने अवस्थामा पुग्न सक्यो भने आगामी वर्षबाट केही बचत गर्न सकिने आशा उद्योग सञ्चालकहरुको छ । गएको वर्ष उद्योगमा ह्रासकट्टी खर्चसमेत लगभग ८० लाख घाटामा भएको थियो ।

उद्योगको सोमाबर सम्पन्न चौथो वार्षिकोत्सवका अवसरमा संस्था सञ्चालक समिति सदस्य एवम् डेरी समितिको कार्यवाहक संयोजक नारायणप्रसाद कोइरालाले समितिकातर्पmबाट प्रस्तुत गरेको प्रतिवेदनमा जनाइएको छ । कच्चा पदार्थमा आधारित डेरी व्यवसायका चुनौति जोखिम, बजार, प्रतिष्पर्धा, गुणस्तर, सामाजिक चलन, राज्यका नीति नियम, व्यक्तिका नियत एवम् शैली, मौसम, चाडपर्वको चाप, जनशक्ति व्यवस्थापन आदिको असर तथा प्रभावसँग सामना गर्दै उद्योग आजको अवस्थामा आएको कोइरालाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

लगभग ७० जनालाई प्रत्यक्ष रोजगारी दिन उद्योग सफल भएको, झण्डै ३ हजार किसानले उत्पादन गरेको दुध ३० वटा चिस्यान केन्द्र मार्पmत संकलन भएर यो डेरी उद्योगमा आइपुग्ने गरेको, हाल आएर दैनिक ११ हजार लिटर बढी दूधको कारोबार हँुदै गरेको, बजारमा ७० को संख्यामा एनएमसी डेरी पार्लर र झण्डै तीन सयको हाराहारीमा खुद्रा बिक्री केन्द्रको नेटवर्क बनेको, झापा, मोरङ र सुनसरीसम्मको बजारमा पहुँच बनाउन सकेको कुरालाई प्रतिवेदनमा समेटिएको छ ।

संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले यो उद्योगले स्वदेश एवम् विदेशमै आफुलाई चिनाउन सफल भएको र यसमा हरेकको योग्दान उत्तिकै रहेको धारणा राखेका थिए । उद्योगमा काम गर्ने हरेक कर्मचारीले पाउनु पर्ने सेवा सुविधा जति पाउनुपर्ने हो त्यो दिन नसकिएको संस्थालाई अवगत भएको भन्दैं आगामी दिनमा हरेक कर्मचारीलाई उद्योगले राम्रै सेवा सुविधा दिने बताउँदैं हरेक कर्मचारीलाई उच्च मनोवलका साथ आ आफ्नो जिम्मेवारी पुरा गर्न उपाध्यक्ष उप्रेतीले सवै कर्मचारीलाई आग्रह गरे ।

कार्यक्रममा ठाकुर शिवाकोटी, विष्णु गौतम, श्यामकुमार मिश्र, कुलप्रसाद तिवारी, मञ्जु दाहाल, मोहन काजी, ज्ञानेन्द्र निरौलालगायतले डेरी उद्योगको विगत र वर्तमानका वारेमा बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख नवराज अधिकारी र स्वागत सञ्चालक सदस्य डम्वरबहादुर बस्नेतले गरेका थिए ।

कार्यक्रममा वर्ष उत्कृष्ट कर्मचारीका रुपमा वरिष्ठ प्राविधिक सुर्जेमनि गौतम र बजार प्रतिनिधि खडानन्द निरौलाईलाई नगगद जनही ५ हजार रुपैयाँसहित दोसल्ला र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।