झापा । झापा अर्जुनधाराकी एस्तर राईले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

दाङमा सोमबार सम्पन्न शनिश्चरे कराते डोजोकी उत्पादन एस्तरले ६१ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले फाइनल राउण्डमा सशस्त्र प्रहरीकी मनिषा चौधरीलाई पराजित गर्दै उपाधि रक्षा गरेकी हुन् ।

एस्तर १३औँ सागका लागि सेलेक्सनका तयारीमा रहेकी उनका गुरु एवम् एसियन कराते रेफ्री कुमार उप्रेतीले जानकारी दिए ।

याे जीतसँगै १३अाैं साफका लागि पनि बाटाे खुला गरेकाे एसियन कराते च्याम्पियनसीपका लागि मलेसिया पुगेका उप्रेतीले बताए । आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडी एस्तरमात्र रहेको उनको दाबी छ ।

त्यस्तै, १ नम्बर प्रदेश धरानकी अस्मिता राईले पनि ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन् । उनले पनि सशस्त्रकै सोनी खालिङलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यसैगरी झापाकै प्रकाश दनुवारले एथलेटिक्सतर्फ कास्य पदक जितेका छन् । उनले चार सय मिटर दौडमा कास्य पदक जितेका हुन् ।