झापा । अर्पण उपचार सहयोग समितिले संकलन गरेको आर्थिक सहयोग रकम एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

मेचीनगर ५ का क्यान्सरपीडित ११ वर्षीय बालक अर्पण सम्बाहाम्फेको उपचारका लागि हर्कबहादुर लिम्बू फ्याकको संयोजकत्वमा सहयोग समिति गठन गरिएको थियो । सहयोग समितिले देश तथा विदेशमा रहेका महानुभावबाट संकलित रकम बालकका परिवारलाई हस्तान्तरण गरिएको हो ।

समितिका संयोजक फ्याक र सल्लाहकार प्रेम सम्बाहाम्फेले बालकका बुवा शम्भु सम्बाहाम्फेलगायत परिवारलाई नगद एक लाख ७२ हजार आठ सय हस्तान्तरण गरेको हो । समितिले क्यान्सर पीडित बालकको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।