काँकरभिट्टा । साविक विजेता त्रिभुवन आर्मी क्लब यहाँ आयोजित मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणको उपाधि नेपाल पुलिस क्लब काठमाडौँले जितेको छ ।

काँकरभिट्टा माविको मैदानमा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ४–३ गोलअन्तरमा स्तब्ध पार्दै पुलिसले गोल्डकपमाथि बाजी मारेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा पनि ३–३ गोल भएपछि खेल सडन डेथमा धकेलिएको थियो ।

विजेता पुलिस क्लबले बेस्ट अफ थ्रीमा जीत दर्ता गरेको छ । पुलिसले सहिद स्मारक लिगमा १–० गोलमा फाइनल जितेको थियो भने आठौँ राष्ट्रिय प्रतियोगितामा आर्मीले समान १–० गोलले पराजित गरेर उपाधि रक्षा गरेको थियो ।

फाइनल खेलको म्यान अफ दी म्याच नेपाल पुलिसका गोलकिपर सुमन सुवेदी घोषित भए । उनले नगद ११ हजार पाए । अहिले पुरस्कार वितरण कार्यक्रम भइरहेको छ । विस्तृत एकछिन पछि आउने छ ।