काठमाडौँ । फुटबलका पुराना प्रशिक्षक भगिरथ आले मामा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

आइतबार काठमाडौँमा सम्पन्न एन्फा अवार्डका क्रममा अखिल नेपाल फुटबल संघले अवार्डसहित नगद ३ लाख ५० हजार र एक थान मोटरसाइकल प्रदान गरेको हो । मामा झापा जिल्ला फुटबल संघका अध्यक्षसमेत हुन् ।

एन्फाले अन्नपूर्ण होटलमा आयोजना गरेको एन्फा डेमा मामालाई नेपाली फुटबलको विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।