काठमाडौँ । नेपालका लागि चर्चित रेफ्री लव खत्रीलाई एन्फा डेमा उत्कृष्ट रेफ्रीको अवार्ड प्रदान गरिएको छ ।

अखिल नेपाल फुटबल संघले आइतबार आयोजना गरेको एन्फा डेमा खत्रीलाई बेस्ट रेफ्री अफ दी इयर २०७५ को अवार्ड प्रदान गरिएको हो । उनले रेफ्री जीवनबाट सन्यास लिइसकेका छन् । उनी निवृत्त फिफा रेफ्री हुन् ।

यस्तै, फिफा महिला रेफ्रीतर्फ अस्मिता मानन्धरले उत्कृष्ट रेफ्रीको अवार्ड पाएकी छन् । महिला रेफ्रीको विधामा उनले नगद एक लाखसहित स्कुटर प्राप्त गरिन् भने खत्रीले पनि एक लाख नगदसहित एक थान मोटरसाइकल प्राप्त गरेका छन् ।