काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी पूर्वकप्तान अनु लामालाई नेपाली फुटबल खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै अखिल नेपाल फुटबल संघले नगद १्५ लाख रुपैयाँसहित सम्मान प्रदान गरेको छ ।

अनु एकमात्र त्यस्तो खेलाडी हुन्, जसले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ३५ गोल गरेकी छन् । उनलाई आइतबार अन्नपूर्ण होटलमा आयोजित एन्फा डेको अवसरमा नगदसहित सम्मान प्रदान गरिएको हो ।