काठमाडौँ । नेपाली अन्तर्राष्ट्यि टोलीका पूर्व सदस्य जुमानु राईलाई अखिल नेपाल फुटबल संघले नेपाली फुटबल खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै नगदसहित सम्मान गरेको छ ।

आइतबार अन्नपूर्ण होटलमा सम्पन्न एन्फा डेमा जुमानुलाई नगद १५ लाखसहित सम्मान प्रदान गरिएको हो । लामो समय नेपाली फुटबलमा जीवन बिताएका जुमानु नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक हुन् । उनी भर्खरैमात्र संयुक्त राष्ट्र संघको मिसनबाट फर्किएका थिए ।