धनकुटा । यहाँ जारी १४औँ सहिद भीमनारायण गोल्डकपमा मंगलबारको खेलबाट सशस्त्र प्रहरीको एपीएफ टीम सेमिफाइनलमा प्रवेश गरेको छ ।

काठमाडौँको चिरपरिचित टोली फ्रेण्डस् क्लबलाई ३-० गोलअन्तरमा पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रवि थिङले ४५, ५१ र कुमार दोङले ७५ मिनेटमा गोल गरेर फराकिलो जीत निकाले । रवि खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पाए । उनलाई पूर्व अर्थमन्त्री रामशरण महतले नगद हस्तान्तरण गरेका थिए ।

बुधबारको पहिलो सेमिफाइनल खेल क्यामरुनी टोली दाउफिन्सविरुद्ध विन्दावासिनी एफसी मोरबीच हुनेछ । गोल्डकपको विजेताले नगद चार लाख पाउनेछ ।