फिदिम । पाँचथरमा २ परिवारको ९ जनालाई खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ ।

मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिएका छन्। खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्न खोज्दा १ जना घाइते भएका छन् ।

घटनाबारे जानकारी आएपनि घटनास्थलमा प्रहरी पुगेको छैन। प्रहरीले के(कति कारणले हत्या भयो, यकिन भन्न नसकिने बताएको छ। प्रहरी घटनास्थल नपुगेकाले हत्या भएको परिवार र हत्या गर्ने व्यक्तिबारे केही नखुलेको जनाइएको छ।

प्रहरीले भने, ‘प्रहरी घटनास्थल जाँदै छ। केही जानकारी हाम्रो टोली घटनास्थल पुगेपछि आउनेछ।’ आरुबोटे ३ को वडा कार्यलय छेउमा सो घटना भएको हो । धनराज शेर्माको ५ जना परिवार र मनकुमार फियाकको ४ जनाको हत्या भएको छ ।

कसले किन हत्या ग¥यो खुलेको छैन् । घटनामा ३ महिला र ६ जना पुरुष भएको जानकारी आएको छ । सम्पूर्ण विवरण आउन बाँकी छ ।