इलाम । न्यायिक समितिका सदस्यहरुको लागि ३ दिने पुनर्ताजकी तालिम इलामको रोङ गाउपालिकामा सुरु भएको छ । न्यायिक समितिका सदस्यहरु र मेलमिलाप कर्ताहरुको लागि क्षमता बिकास गर्न पुनर्ताजकी तालिम आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै गाउपाकिला अध्यक्ष शमसेर राईले कानुन सम्बत हिसाबले सर्बसुलभ न्याय दिन तालिमले सहयोग पुग्ने बताए ।’नया ब्यवस्था सगै परिबर्तन भएर आएका कानुनहरु मेलमिलाप कर्ताहरुले जान्न आवस्यक छ’, गाउपालिका अध्यक्ष राईले भने, ‘न्याय निरुपण र मेलमिलापको सवालमा गर्दै गरेको अभ्यास को छलफल गर्न तालिम प्रभावकारी हुने छ ।’

समाजमा भएका सामान्य र जटील द्वन्दहरुलाई निरुपण गर्न मेलमिलापकर्ताहरु को भूमिका महत्व पूर्ण हुनेमा पनि अध्यक्ष राईले जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा न्यायिक समितिकी सम्योजक एव गाउपालिका उपाध्यक्ष चन्द्रकला राईले वडामा आएका बिबादहरु वडामा नै समाधान गर्ने प्रयास भइरहेको बताइन् ।

‘यस अघि ८ दिनको तालिम सम्पन्न भइसकेकोले यस पटक ३ दिनको पूर्नताजकी तालिमको आयोजना गरिएको हो’, सम्योजक राईले भनिन्, ‘यस पालिकामा कुनै अप्ठ्यारो मुद्दा मामिला नआएकाले सहज भइरहेको छ ।’

उद्घाटन कार्यक्रममा गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष एव न्यायिक समितिका सदस्य बुध्दिबहादुर ढकाल लगायतको पनि आतिथ्यता रहेको थियो । ३ दिने सो तालिमलाई मानब अधिकार मञ्च नेपाल इलामका तालिम सम्योजक शिखर नाथ सापकोटा र फिल्ड अफिसर अर्पन मगरले सहजीकरण गरिरहनुभएको छ । रोङ गाउपालिकाका ६ वटै वडामा गरी जम्मा ४५ जना मेलमिलाप कर्ता रहेको बताइएको छ ।