झापा । प्रथम बिर्तामोड गोल्डकपको आज दोस्रो दिन सुनसरी र पाँचथरका दुई टिमले भिड्दैछन् ।

डोमालाल राजवंशी रंगशालामा अपराह्न ४ बजे हुने दोस्रो क्वाटरफाइनल खेलमा पाँचथरको स्वतन्त्र फुटबल क्लबले सुनसरीको पाञ्चायन फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । हिजोदेखि सुरु गोल्डकपको उद्घाटन खेलमा जलथल एफसीले विराटनगर एफसीलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।