काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगितातर्फ दोस्रो चरणको खेलमा झापा ११ एफसीले फराकिलो जितका साथ फाइनल यात्रा तय गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा झापाले एक्टिभ स्पोर्टस क्लबलाई ८-१ को फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गर्यो । झापाका लागि खेलको १२औं मिनटमा सौरभ लिम्बुले पहिलो गोल गरे ।
त्यस्तै पहिलो हाफकै इन्जुरी समयमा सन्जित राईले झापाको त्यो अग्रता दोब्बर पारे । दोस्रो हाफको ५३औं र ७७औं मिनटमा श्याम मुर्मुले झापाका लागि लगातार दुई गोल गर्दै त्यो अग्रता ४-० पुराए ।
खेलको ५८औ मिनटमा एक्टिभका राजन श्रेष्ठले आत्मघाती गोल गर्न पुग्दा झापाले त्यो अग्रता थप ५-० पुराउन सफल भएको थियो । एकतर्फी नतिजा हासिल गरेकों झापाका लागि ८२औं मिनटमा सरोज कार्कीले छैठौं गोल गरे भने ८८औं मिनटमा रोहन कार्कीले साँतौं गोल गरे ।