गाईघाट । छैटौँ उदयपुर गोल्डकपको अन्तिम क्वाटरफाइनल आज सिएमजी संकटा क्लबले गोर्खा ब्वाइज रुपन्देहीको सामना गर्दैछ ।

स्थानीय थरुहट रंगशालामा अपराह्न ५ बजे सेमिफाइनल खेलका लागि प्रतिस्पर्धा हुनेछ ।

यसअघि मोरङ, आयोजक उदयपुर र एपीएफ सेमिफाइनलमा पुगिसकेका छन् । आठ वटा टिम सहभागी गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित ट्रफी पाउनेछ ।