एजेन्सी । फिफा महिला विश्वकपमा मार्ताले कीर्तिमानी १७ गोल गर्दै ब्राजिललाई अन्तिम १६ मा पुर्याएकी छिन ।

६ पटककी विश्व फुटबलर अफ दी इयर बनिसकेकी मार्ताको गोलमा ब्राजिलले समुह सी को तेस्रो स्थानमा रहदै महिला विश्वकपको नकआउट चरणमा स्थान बनायो ।

फ्रान्समा भएको खेलमा यसअघि नै नकआउट चरणमा पुगिसकेको इटलीलाई एक शुन्यले हराउदै ब्राजिलले प्रिक्वाटरफाइनलमा स्थान बनायो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७२ औं मिनेटमा मार्ताले ब्राजिलका लागि गोल गरेकी थिइन । जुन गोलले ब्राजिलले समुह सी को उत्कृष्ट तेस्रो टिम बन्न सफल भयो ।

मार्ताले विश्वकपमा गोल संख्या १७ पुर्याउदै पुरुष खेलाडीको भन्दापनि धेरै गोल गर्ने कीर्तिमान बनाइन । उनले जर्मनीका मिरोस्लाभ क्लोसको रेकर्डपनि तोड्न सफल भइन । अब ब्राजिलले अन्तिम १६ मा घरेलु टिम फ्रान्ससँग खेल्नेछ ।
यता इट्लीले अन्तिम १६ मा चीन र नाइजेरीयाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।