काठमाडौं । झापा-११ फुटबल क्लबले झापा जिल्लाबाट सी डिभिजन क्लबको मान्यता पाउने पहिलो क्लब बनेको छ ।

बुधबार भएको सी डिभिजन लिग छनौटतर्फ दोस्रो चरणको समूह ए को फाइनल खेलमा झापाले सरस्वतीनगर स्पोर्टस क्लबलाई कडा प्रतिस्पर्धाकाबीच १-० ले हरायो ।

खेल शुरु भएको पाँचौं मिनटमै झापाका लागि अंगुर कुमार खड्काले एकमात्र निर्णायक गोल गरे । झापा-११ बाट दर्ता भएको झापा-११ एफसी नयाँ क्लब समेत हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालभरिका विभिन्न जिल्लाहरुबाट आएका ३८ क्लबहरुका बीच छनौट प्रतियोगिताको आयोजना गरिरहेको छ । छनौट प्रतियोगिताको शीर्ष तीन स्थानमा पर्ने क्लबहरु सी डिभिजनमा बढुवा हुनेछन् ।