झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) र सुर्योदय नगरपालिका, इलामबीच टेक्निकल सेन्टर बनाउने सहमति बनेको छ ।

करफोक स्कुल मैदानमा रहेको ७० रोपनी जग्गामा निर्माण हुने सो एन्फा टेक्निकल सेन्टर निर्माणका लागि एन्फा र सुर्योदय नगरपालिकाले लगानी गर्नेछन् । बुधबार एक कार्यक्रमका बीच एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र सुर्योदयन गरपालिकाका मेयर रणबहादुर राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एन्फा र नगरपालिकाले सो टेक्निकल सेन्टर निर्माण गर्न करिब १ कराेड ३० लाख खर्चिने बताइएको छ । निर्माण कार्य फागुन वा चैतबाट सुरु गर्ने जनाइएको छ ।

स्मरणीय छ, एन्फा मातहतमा रहेका जिल्लाहरुमा टेक्निकल सेन्टर निर्माण गर्न फिफा र एएफसीले आवश्यक सहयोग गरिरहेका छन् ।