बिर्तामोड । झापाको विर्तामोडमा संचालित शिखर बजारले स्थापना भएको तेस्रो वर्ष पुरा गरको अवसरमा गलबन्दी दोहोरी नाइटको आयोजना गर्ने भएको छ ।

शिखर बजारले आयोजना गर्ने गलबन्दी दोहोरी नाइटमा चर्चित लोक गायक प्रकाश सपुत र शान्ति श्री परियार झापा आउने सञ्चालक दिपेन्द्र राउतले जानकारी दिनुभयो ।

सोहि कार्यक्रममा गायक द्वयले प्रस्तुती दिने आज विर्तामोडमा आयोजीत पत्रकार सम्मेलनमा सञ्चालक राउतले जानकारी दिनुभयो । असार २८ गते हुने गलबन्दी दोहोरी नाइट बिर्तामोडको सिटी पार्टी प्यालेसमा हुने उहाले वताउनुभयो ।

शिखर बजारले दोहोरी नाइटमा सहभागी जनाउन चहानेलाई दुई हजार पाँच सय मुल्य बराबरको सामग्री खरिदमा एउटा टिकट उपलब्ध गराइने शिखर बजारका सञ्चालक राउतले वताउनुभयो ।

स्थापनाको तिन वर्ष पुरा गरेको शिखर बजार अहिले विर्तामोडको दुई स्थानमा सञ्चालन भइरहेको छ ।