फुङलिङ- ताप्लेजुङका ६१ वडामध्ये ३० वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले विगतका २५ वर्षलाई मध्यनजर गर्दै ३० गाउँहरु पहिरोको उच्च जोखिममा रहेको देखाएको छ ।

सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनाम गाउँ उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनु भएका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो । त्यस्तै फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङगोलाका गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालिखोला र आँङ्खोपका गाउँ पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

पाथिभरा याङवरक गाउँपालिकाका नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे गाउँ तथा मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावदिन साथै मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ गाउँ पनि पहिरोको उच्च जोखिममा रहेका छन् । पाथिभरा याङवरक गाउँपालिकाका नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे गाउँ तथा मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावदिन साथै मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ गाउँ पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

यता मैवाखोला गाउँपालिकाको ५ वटा वडा मध्ये कुनै पनि पहिरोको जोखिममा नरहेको जिल्ला विपद् व्यस्थापन समितिले निर्णय गरेको छ । सदरमुकाम फुङलिङ नगपालिकाका ११ वडा मध्ये ६ वटा वडा पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । उच्च जोखिममा रहेका वडाहरु १, ६, ७, ८ र १० हुन् ।

यी गाउँहरु कुनै बेला पनि वर्षाको समयमा बाढीपहिरो आउने भएकाले सबैलाई सतर्क हुन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष अनुज भण्डारीले बताउनुभयो । ताप्लेजुङ सदरमुकाम छेउमा रहेको हाङदेवाको हिरेवा, चिनेवा पहिरोले ठूलो रुप लिएमा सदरमुकाम नै खतरामा पर्ने देखिन्छ । ताप्लेजुङ सदरमुकाम छेउमा रहेको हाङदेवाको हिरेवा, चिनेवा पहिरोले ठूलो रुप लिएमा सदरमुकाम नै खतरामा पर्ने देखिन्छ ।

त्यसैगरी नाङखोल्याङ, लिङखिम-थिवा, फुरुम्बु, सिनाम, आँङ्खोप, निघुरादिन, फुलबारी, याम्फुदिन, तापेथोक, थुम्बेदिनलाई नियमित रुपमा बगिरहने ठूला पहिरोको रुपमा लिने गरेको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले जनाएको छ । विगतलाई हेर्ने हो २०७३ सालमा दोखुमा पहिरो जाँदा ४ जनाको ज्यान गएको थियो । साथै सयौं घर परिवारहरुको उठिबास भएको थियो ।

२०७२ सालमा जिल्लाका तत्कालिन गाविसहरु खोक्लिङ, लिबाङ, लिङलेप, सान्थाक्रा साथै विभिन्न भागमा गएको पहिरोका कारण ५९ जनाको मृत्यु भएको थियो । पहिरोबाट ठूलो क्षति भएको थियो ।

दुई वर्षमा भएको क्षति त उदाहण मात्र हुन् । २०५९ सालामा लिङखिम, हाङदेवामा गएको पहिरोमा परी ११ जनाले ज्यान गुमाएका थिए । त्यो पहिरोबाट विस्थापित भएर जिल्ला सदरमुकाममा आउनुभएका तेजबहादुर भट्टराई पहिरोको स्मरण गर्दै भन्नुहुन्छ, ‘रातको समयमा थोरैले मात्र मेरो परिवार बचेको थियो ।’

ताप्लेजुङमा २० वर्षको अवधिमा १ सय ५० जना मानिसले ज्यान गुमाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति ईन्द्रबहादुर गुरुङले बताउनुभयो ।