लक्ष्मी उप्रेती,
बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको छैठौं तथा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको पाचौँ पद हस्तान्तरण कार्यक्रम शनिबार संयुक्तरुपमा सम्पन्न भएको छ ।
बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पास्ट डिष्ट्रिक गभर्नर पीडीजी दिलेन्द्रराज श्रेष्ठले रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सन् २०१९÷२०२० का अध्यक्ष शिवकुमार अग्रवाललाई रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराएलगत्तै नवनियुक्त अध्यक्ष अग्रवाललाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।
रोटरीको सिद्घान्तअनुसार चार्टर प्रेसिडेण्ट सन्तोष अग्रवालले नवनियुक्त अध्यक्ष अग्रवाललाई बिर्तामोड मिडटाउनको च्याप्टर प्रमाणपत्र तथा आइपिपि पास्ट प्रेसिडेण्ट शुभ कुमाई पाठकले ग्यावल गन प्रदान गरेकी थिइन् । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सन् २०१९÷२०२० अध्यक्ष अग्रवालले सपथ ग्रहणसहित पदभार ग्रहण गरेलगत्तै मिटिङको कल तथा निर्देशन गरेका थिए ।
आफूले सपथ लिएपछि उनले अन्य पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिसहित अन्य रोटरियनहरुले रोटरीको पिन प्रदान गरेका थिए । रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०१९÷२०२० अध्यक्ष विवेक कोइरालालाई रोट्रयाकका असिष्टेण्ट डिष्ट्रिक सेक्रेटरी सन्नी गोयलले रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराएलगत्तै नवनियुक्त अध्यक्ष कोइरालालाई पद तथा गोपनीयताको सपथ गराएका थिए । गोयलले नवनियुक्त अध्यक्षलाई बिर्तामोड मिडटाउनको च्याप्टरको प्रमाणपत्र प्रदान गरेका थिए । त्यसपछि उनले आफ्नो टिमका सबै पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।
रोटरी क्लब अफ बिर्तामाड मिडटाउनका आइपीपी पाठकले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् भने रोशन बुढाथोकीले रोटरी र रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनले सन् २०१८÷२०१९ मा भए गरेका कामको चर्चा गरेका थिए । उनले सो अवधिको सवै गतिविधि प्रोजेक्टरको माध्यमबाट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्षद्वय अग्रवाल र कोइरालाले आगामी वर्षको भावी योजना प्रस्तुत गरेका थिए । अग्रवालले आगामी दिनमा सबै क्षेत्रबाट सहयोग र सद्भावको अपेक्षासमेत व्यक्त गरेका थिए । यो वर्ष रोटरीमा ६ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् । उनीहरुका बारेमा मिडटाउनका मेम्वर कमिटी चियर पर्सन सिद्घार्थ नवीन उप्रेतीले विवरण प्रस्तुत गरेका थिए । नयाँ सदस्य प्राप्त गर्नेमा सुभास भट्टराई, बुद्घि घिमिरे, मुकेश वर्मा, शान्ता रिजाल, पवन गोयल र होम कार्की छन् ।
उनीहरुलाई कार्यक्रमका विशिष्ट अतिथि एजी असिष्टेण्ड गभर्नर कुमार गिरीले इन्टरडक्सन गराएका थिए । पद तथा गोपनीयताको सपथसँगै सबैलाई प्रमुख अतिथि पास्ट डिष्ट्रिक गभर्नर पीडीजी दिलेन्द्रराज श्रेष्ठले रोटरीको पिन तथा पास्ट डिष्ट्रिक सेक्रेटरी पीडीएस प्रफुल्लमान श्रेष्ठले बुकी प्रदान गरेका थिए । पुष्पाञ्जली सिन्हाले प्रमुख अतिथि पीडीजी दिलेन्द्रराज श्रेष्ठको व्यक्तित्वका बारेमा प्रकाश पारेकी थिइन् । रोटरीका सचिव सुमन शर्मा जमरकट्टेलले सञ्चालन गरेको कार्यक्रममा प्रेसिडेण्ट इलेक्ट प्रशान्त भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
रोटरीका सन् २०१९÷२०२० अध्यक्ष शिवकुमार अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथि श्रेष्ठ, गिरी, भूमिका पोखरेललगायले सम्बोधन गरेका थिए । उनीहरुले रोटरीले स्वास्थ्य, शिक्षालगायतका विषयमा पुर्याएको योदानको चर्चा गदैं हरेक व्यक्ति आफ्नो स्वार्थभन्दा माथि उठेर समाजका लागि केही रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मिड टाउनका दिनेश पोखरेलल टोस्ट प्रोेपोजल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिर्तामोड, भद्रपुर, दमक, सुरुङ्गा, विराटनगरतथा भारत सिलिगुडीका रोटरी तथा रोट्रयाक, विभिन्न राजनीतिक दल, संघसंगठन तथा बैंकका प्रमुख प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता थियो । कार्यक्रममा विभिन्न कलाकारहरले गीत प्रस्तुत गररेका थिए । मिडटाउनका पव्लिक इमेज चियर गजेन्द्र पौडेलले धन्यवाद ज्ञापन गरे ।
सन् १९०५ फेब्रुअरी २३ तारिखमा अमेरिकाको सिकागो सहरमा पावल ह्यारिससहित अन्य चार जना मिलेर स्थापना भएको रोटरी अहिले विश्वभरका १६६ वटाभन्दा बढी देशमा फैलिएको छ । विश्वभर ३५ हजारभन्दा बढी क्लबहरु छन् । विश्वभर रोटरीका १ दशमलव २ मिलियन यसका सदस्य छन् । विश्वभरका रोटरी क्लबहरुले पावललाई रोटरीको जन्मदाताका रुपमा समेत लिने गरेका छन् ।
हरेक वर्ष जुलाई १ तारिख विश्वभर एकसाथ नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने गर्दछन् । झापामा यो अवधिमा रोटरी क्लब अफ काँकरभिट्टा, बिर्तामोड, बिर्तामोड मिडटाउन, भद्रपुर, सुरुङ्गा तथा दमकको पद हस्तान्तरण भएको छ ।