विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ को प्रथम अधिवेशन उदयपुरको गाईघाटमा हुने भएको छ ।

अधिवेशन उद्घाटन गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आउने भएको तदर्थ समितिका सचिव तथा फोनिज इलाम जिल्लाका अध्यक्ष राम योङहाङले जानकारी दिए । १४ जिल्लाका २५० भन्दा बढी प्रतिनिधि पर्यवेक्षकको उपस्थिति रहने उक्त अधिवेशन ३ दिनसम्म चल्ने भएको छ ।

फोनिज प्रदेश नं. १ का इन्चार्ज दिपीन राईको अगुवाईमा गएको टोलीले मुख्यमन्त्री राईलाई निमन्त्रणा दिँदै १४ जिल्लामा संगठित फोनिजको गतिविधिबारे प्रस्ट्याएका थिए ।

गाईघाटमा हुने २९, ३० र ३१ को कार्यक्रममा मर्यादित पत्रकारिताको विषयमा छलफल गर्दै आदिवासी जनजातिका पत्रकारहरुलाई अगाडि बढ्ने प्रेरणासँगै नयाँ कार्यसमिति समेत गठन गर्ने भएको छ ।