दमक । देशका विभिन्न स्थानमा विपन्न समुदायका लागि लक्षित गरी कपडा बैंक स्थापना हुने क्रम चलिरहेको बेला झापाको दमकमा पनि यस्तै बैंकको सुरुवात गरिएको छ ।

यसैक्रममा लायन्स क्लब अफ दमक युनिकले जिल्लामा नै पहिलो पटक दमकमा कपडा बैंक आजदेखि सञ्चालनमा ल्याएको हो । क्लबले दमकस्थित पूर्व बसपार्कमा कपडा बैंक स्थापना गरेको छ । आफुसँग प्रयोगबिहीन कपडा त्यहाँ लगेर राख्न पाईने र कपडा नहुनेले बैंकबाट लगेर निशुल्क प्रयोग गर्न सकिने क्लबका अध्यक्ष संन्दिप बस्नेतले जानकारी दिनुभयो ।

कपडा बैक उद्घाटन कार्यक्रममा दमक बडा न ६ का वडा अध्यक्ष टेकबहादुर थापा र ७ का वडा अध्यक्ष भिम पौडेलको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्षद्वयले यो कार्य सकारात्मक भएको भन्दै आफुहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा लायन्स क्लब सदस्य, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । आजबाट सुरु भएको बैक निरन्तर सञ्चालनमा ल्याउने क्लबले जनाएको छ ।