झापा- मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल (उप्रेती) लाई पितृ शोक परेको छ । उपप्रमुख उप्रेतीको ८८ बर्षीय बुवा रुद्रप्रसाद पोख्रेलको बिहीबार अपरान्ह निधन भएको हो ।

बिराटनगर उपमहानगरपालिका वडा नम्बर १३ निवासी पोख्रेल लामो समयदेखि श्वासप्रश्वासको समस्याबाट पीडित बनेका थिए । स्वास्थ्यमा थप समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । आइसीयुमा राखेर उपचार सुरु गरेपनि स्वास्थ्यमा सुधार नभएपछि उपचारमा संलग्न डा. दिनेश सत्यालले घर लान सुझाव दिएका थिए ।

बिहीबार घर लगेको केही समयपछि उनको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । करिव १० वर्षदेखी बिराटनगरमा स्थाई बसोवास गर्दे आएका पोख्रेल सो क्षेत्रमा घरेलु चिकित्सा पद्धतिबाट बिरामीहरुको सेवा गर्दै आएका थिए ।

उनका ७ छोरी राधा सिवाकोटी, कमला रिजाल, मीना पोख्रेल (उप्रेती), झुमा पाठक, चन्द्रा चिमरिया, प्रमिला सुवेदी, हिमा ओझा रहेका छन् । त्यसैगरी ३ छोराहरु डा. उद्धव पोख्रेल, रमेश पोख्रेल र डिल्ली पोख्रेल रहेका छन् भने उनका ४५ बढी नाति नातिना रहेका छन् । उनको शुक्रवार बिहान ८.३० बजे दाहसंस्कार गरिने बताइएको छ ।