बिर्तामोड । बिर्तामोडले एकजना अग्रज अभिभावक गुमाएको छ । सिङ्गो बिर्तामोडका आस्थाका धरोहर दानवीर समाजसेवी टुङ्गबहादुर बस्नेतको स्वर्गारोहण भएको हो ।
९७ वर्षीय बस्नेत केही दिनदेखि अस्वस्थ्य हुनुहुन्थ्यो । शुक्रबार बिहान उहाँ ब्रम्हलीन हुनु भएको हो । पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटलका संस्थापक एवम् संरक्षक बस्नेतको निधनले बिर्तामोडले एकजना होनाहार अभिभावक गुमाएको छ ।
बीरता जेसीजका संस्थापक, संरक्षक गोपालकुमार बस्नेत, पूर्व अध्यक्ष जितेन्द्रकुमार बस्नेत र श्याम बस्नेतका पिता टुङ्गबहादुर बस्नेतको निधनप्रति विभिन्न महानुभावले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । हिजो उहाँसँग बिताएका पलको स्मरणसहित सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट गरिएका छन् ।
उहाँको पार्थिव शरीरमा शुभचिन्तकहरुले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् । जातीय परम्परा र संस्कृतिअनुसार अहिले बिहान साढे १० बजे कनकाई माईमा उहाँको दाहसंस्कार गरिने परिवारले जनाएको छ । बिर्तामोडका एकजना होनहार अभिभावक गुमाउँदाको पीडाले धेरैलाई शोकाकूल बनाएको छ । यस क्षेत्रका आस्थाका धरोधर, दानवीर समाजसेवी आदरणीय टुङ्गबहादुर बस्नेतको निधनप्रति न्यूज सञ्जाल डटकम परिवार दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ ।