फिदिम। पाँचथरको फालेलुङ-३ ताङ्लेपामा मोटरसाइकल दुर्घटना हुँदा सवार दुई जना गम्भीर घाईते भएका छन् । घाइते हुनेहरुमा फालेलुङ १ का वडा सदस्य रेनुका आङ्बो र फालेलुङ पशु शाखा प्रमुख छिरिङ शेर्पा रहेका छन् ।
फालेलुङ गाउँपालिकामा आयोजित मेलमिलाप समितिको सपथग्रहण कार्यक्रममा सहभागी हुन सदरमुकाम फिदिमबाट त्यसतर्फ जानेक्रममा उक्त दुर्घटना भएको हो । फालेलुङ ३ ताङ्लेपा बिकटेको चमेरे भीरमा मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाईतेहरुलाई तत्काल जिल्ला अस्पताल फिदिममा सामान्य उपचारपछि विर्तामोडस्थित बिएन्डसी अस्पतालतर्फ लगिएको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष हिमा अधिकारीले जानकारी दिएका छन् ।
