0 Shares

ताप्लेजुङ । जिल्लामा डेंगु रोगबाट संक्रमित बिरामीहरु फेला परेका छन् । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु रोगको संक्रमण फेला परेको हो ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाका अनुसार संक्रमित महिलालाई थप परिक्षणका लागि रेफर गरिएको छ ।

यसअघि पनि २ जनामा डेंगु देखिएको भनिए पनि उनीहरु अन्य जिल्लामा गएर फर्किएकाले त्यहिँ संक्रमण भएको आशंका गरिएको थियो । तर यी महिला भने जिल्ला बाहिर पनि नगएको बुझिएको डा। लामाको भनाई छ ।

ताप्लेजुङको हावापानीमा एडिज एजिप्टाइ र एडिज अल्वो पिक्टस प्रजातिको पोथी लामखुट्टे भेटिने सम्भावना कम भएपनि यस रोगको संक्रमण भेटिनुले यसलाई चुनौतिको रुपमा लिनुपर्ने लामाले बताए । डेंगुबाट बच्न नागरिक स्वयं नै सचेत बन्नुपर्ने उनले बताए ।

डा। लामाले डेंगुबाट बच्न डेंगु सार्ने लामखुट्टेको फुल, लार्भा र प्युपा हुर्कन सहयोग पुग्ने स्थानलाई नष्ट गर्ने, घरभित्र र बाहिर सफा राख्ने, जीउ ढाकिने गरी कपडा लगाएर हिँड्ने, सुत्दा झुलको प्रयोग गर्न आग्रह गरे ।