काँकरभिट्टा । सनराइज बैंक लिमिटेडको १२औँ वार्षिकोत्सवका अवसरमा बुधबार झापाको मेचीनगरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैकको शाखा कार्यालय काँकरभिट्टाले नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५जना बढीले रक्तदान गरेका थिए ।

बैंक परिसरमा आयोजित कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए । बैंकका शाखा प्रबन्धक प्रतिक भट्टराईका अनुसार रक्तदाताहरुलाई बैंकका तर्फबाट फलफूल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरेको र सो क्रममा संकलित सबै रक्त नेपाल रेडक्रस सोसाइटी बिर्तामोडलाई हस्तान्तरण गरिएको कर्मचारी जेसिका लुइँटेलले जानकारी दिइन् ।