झापा । झापाको कमल गाउँपालिका-४ भुत्लुङ खोलाको निर्माणधीन कल्भर्टको लागि खनेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर गुराँसे घर भइ हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्रकुमार तामाङको घरमा बस्दै आएका बर्ष १४ का सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीका छोरा बर्ष ११ को क्रेडिड बुढाथोकी रहेका छन् ।

शुक्रबार दिउँसो घरमा कसैलाई जानकारी नगराई पौडी खेल्न गएको र साँझसम्म पनि घर नआएपछि खोजतलाश गर्ने क्रममा पानीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाबरे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरीको टोलीले आवश्यक अनुसन्धान तथा कानूनी प्रकृया पूरा गरेको बताइएको छ ।