इलाम । इलामको सन्दकपुर गाउँपालिकामा एक ब्यक्तिले आफ्नै दाजुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि आफूले भने आत्महत्या गरेका छन् ।

सन्दकपुर १ माइपोखरीस्थित बन्दुकेका ६४ वर्षका विष्णु राईलाई खुकुरी प्रहार गरेर भाइ ४५ वर्षका बुद्ध राईले झुण्डिएर आत्महत्या गरेका हुन् । गम्भीर घाइते विष्णुको इलाम अस्पतालमा सामान्य उपचारपछि झापा रेफर गरिएको छ । उनलाई खुकुरी प्रहारसंगै अनुहारमा ढुङ्गाले समेत कुच्याएको बताइएको छ । विष्णुले के कारणले दाजुलाई घाइते बनाएर आत्महत्या गरे भन्ने खुलेको छैन ।

उनीहरुका बीचमा त्यस्तो रिसिइबी भएको थाहा नभएको अर्का भाइ चक्रबहादुर राईले बताएका छन् । दाजुुलाई घरैमा घाइते बनाएर भाइले भने आत्महत्या गरेको बताइएको छ ।