झापा। हुलाकी राजमार्गमा रहेको झापाको गौरीगंज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने रतुवा खोलामा हालिएको बाँसको अस्थायी भाटे पुल तरे वापत अव सर्वसाधारणले शुल्क तिर्नु नपर्ने भएको छ ।

यस क्षेत्रमा पुल बने पनि संचालनमा नआउँदा लामो समयदेखि स्थानीयद्धारा आफै हालिएको बाँसको अस्थायी भाटेपुलबाट सर्वसाधारणहरु आवतजावत गर्दै आएका थिए । सो वापत सर्वसाधारणले निश्चित शुल्क तिर्दै आएका थिए । सो रतुवा खोलामा झापा र मोरङ दुवै क्षेत्रका स्थानीय ठेकेदारले आफ्नो निजी खर्चमा भिन्दाभिन्दै पुल निर्माण गरि शुल्क उठाउँदै आएका थिए ।

पुलको शुल्क विवादमा दुवै पक्षका ठेकेदार समेतको विवाद वढे पछि झापा गौरीगंज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाका नगरप्रमुख सहितको टोलीबीच सहमति बनेपछि सो पुल तरेवापत् सर्वसाधारणले शुल्क तिर्नु नपर्ने भएको हो ।