अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले गठन गरेको चार वटा विषयगत समितिलाई वडामा समेत बिस्तार गरिने भएको छ । नगरपालिकामा आइतबार भएको छलफलमा नगरद्वारा गठित खेलकुद, युवा, कला तथा साहित्य विभागलाई वडामा लाने निर्णय गरेको हो ।
छलफलमा नगर प्रमुख हरिकुमार राना, उप-प्रमुख कमला खतिवडा आर्चाय, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, सञ्चार समितिकी संयोजक तथा नगर प्रवक्ता सकुन्तला बराल, कला तथा साहित्य समितिकी संयोजक सुशिला सुवेदी, नगर खेलकुद विकास समितका संयोजक अर्जुन मेचे, नगर युवा परिषदका संयोजक होम दुलाल छलफलमा सहभागी थिए ।
छलफलले नगरका युवाको क्षमता अभिबृद्धि गर्न संघीय युवा परिषद मार्फत विभिन्न कार्यक्रम गर्ने, खेलकुद विकास समितिसंग समन्वय र सहकार्य गर्ने, अग्रज कलाकर्मीलाई समेटेर विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको नगरपालिकाका खरिदार सौजन कटुवालले जानकारी दिए ।