झापा । अर्जुनधारा नगरपालिकाले १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जयन्ती र बाला चतुर्दशीको अवसरमा नगरपालिकाले स्थानीय क्षेत्रमा विदा दिने निर्णय गरेको छ ।

यही कात्तिक २५ गते महागुरु फाल्गुनन्दका जन्म जयन्ती परेकाले नगरपालिकाले आज बुधबार नगर क्षेत्रमा विदा दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलका अनुसार निर्णयअनुसार मंसिर ९ गते बाला चतुर्दशीका अवसरमा अर्जुनधारा जलेश्वरधाममा हुने अनुष्ठानलाई सफल बनाउन नगर क्षेत्रमा विदा दिने निर्णय भएको छ ।

उनका अनुसार नगरपालिकासँगै वडा कार्यालय, सामुदायिक विद्यालय, प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक सेवा र बर्थिङ सेन्टरबाहेक, स्वास्थ्य चौकी अर्जुनधारा र खुदुनाबारीको बर्थिङ सेन्टरबाहेक विदा रहनेछ ।