0 Shares

झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङगामा स्कुटरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मंगलबार राति १० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे. ४ प २१३० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको डिभाइडरमा ठोक्किँदा अचानक स्कुटरमा आगलागी भएको र स्कुटर चालक शिवसताक्षी नगरपालिका-१ का १९ वर्षीय पवन मण्डल र पछाडि सवार सोही स्थानका २५ वर्षीय निरज शर्मा घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।

तर, स्कुटीको पछाडि सवार निरज शर्माको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । घाइते मण्डलको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।