अर्नुनधारा । झापाको अर्जुनधारा-९ को राष्ट्रिय संरक्षण युवा मञ्चले निर्माण गरेको भुवनेश्वर शिव स्तम्भको उद्घाटन गरिएको छ ।
स्थानीय दाताहरुको आर्थिक सहयोगमा अर्जुनधारा-९ सुखानी पार्कस्थित विहिवारे बजारको चोकमा निर्माण भएको स्तम्भ शनिवार अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले उद्घाटन गरेका हुन् । स्तम्भ ४५ हजार रुपैयाँको लागतमा निर्माण भएको बताइएको छ ।
मञ्चका प्रवत्ता अमर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख राना रहेका थिए । मञ्चका अध्यक्ष रञ्जन देवकोटाले स्वागत गरेको कार्यक्रममा वडा नंं. ११ का अध्यक्ष भैरव खड्का, वडा नं. १० का अध्यक्ष वलदेवसिंह गोम्देन, मञ्चका वरिष्ठ सल्लाहकार शान्तावीर बुढाथोकी, समाजसेवी टिकाराम चिमरियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मञ्चका कोषाध्यक्ष जीवन रिजालले गरेका थिए ।