अर्जुनधारा । झापाको अर्जुनधारा ७ स्थित सिर्जना बाल युवा क्लबले देउसी भैलोको हिसाब सार्वजनिक गरेको छ । बाल क्लबको भवन निर्माण गर्ने उद्देश्यका साथ खेलिएको देउसी भैलोको शनिबार एक कार्यक्रमका बीच हिसाब सार्वजनिक गरिएको हो ।

एक लाख दुई हजार रुपैयाँ संकलन भएको क्लबका सदस्य जानुका दियालीले जानकारी दिइन् । यसमध्ये बीस हजार रुपैयाँ खर्च भएको उनले बताइन् । हिसाब सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले देउसीमा सहभागिहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।

बाल क्लबकी अध्यक्ष सर्मिला न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ७ नम्बर वडाका अध्यक्ष नवराम ढुङ्गाना, संस्थाका संरक्षक नगेन्द्र आर्चाय, नगरका बोर्ड सदस्य रमेश त्रिखत्रीलगायतको आतिथ्यता रहेको थियो । संस्थाक सदस्य जानुका दियालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव ओमबहादुर बस्नेतले गरेका थिए ।