अर्जुनधारा । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी बिर्तामोड झापाले संस्थाको बार्षिक कार्यक्रम अन्र्तगत अर्जुनधाराको खुदुनावारीमा गरेको निःशुल्क आँखा शिविरमा १५० जनाले सेवा लिएका छन् ।

मेची आँखा अस्पताल बिर्तामोडको प्रायोजनमा भएको एकदिने शिविरमा निशुल्क आँखा तथा मोतियाविन्दु एवं ट्राकोमा शल्यक्रिया गरिएको थियो । साना मझौला सहकारीकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीका कोषाध्यक्ष देवीप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रममा अर्जुनधारा वडा नं. १ का अध्यक्ष गजाधर खतिवडा, २ का अध्यक्ष रघु खनाल, ३ का अध्यक्ष जीवन भण्डारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए ।