झापा । अर्जुनधारा नगरपालिकाले आज बाला चतुर्दशीको अवसरमा स्थानीय क्षेत्रमा विदा दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलका अनुसार निर्णयअनुसार बाला चतुर्दशीका अवसरमा अर्जुनधारा जलेश्वरधाममा हुने अनुष्ठानलाई सफल बनाउन नगर क्षेत्रमा विदा दिने निर्णय भएको छ ।

उनका अनुसार नगरपालिकासँगै वडा कार्यालय, सामुदायिक विद्यालय, प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक सेवा र बर्थिङ सेन्टरबाहेक, स्वास्थ्य चौकी अर्जुनधारा र खुदुनाबारीको बर्थिङ सेन्टरबाहेक विदा रहनेछ ।

नगरपालिकाले यसअघि १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जयन्तीका अवसरमा कात्तिक २५ गते पनि स्थानीय विदा दिएको थियो ।

यस्तै, बुद्धशान्ति गाउँपालिकाले पनि आज स्थानीय विदा दिएको छ ।