अर्जुनधारा । प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन हिजो (आइतबार) बेलुकी दिवङ्गत पितृका नाममा दीप दान गरिएपछि आज बिहान शतबीज छरिएको छ ।

पूर्वको पशुपतिनाथ भनेर परिचित अर्जुनधारा जलेश्वर धामलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको दिन आज अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीप दान गरी शतबीच छर्ने परम्परा रहिआएको छ । बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउन टाढा टाढाबाट भक्तजन अर्जुनधारा जलेश्वरधाम आएका छन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन झापाको अर्जुनधारामा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको हिजो बिहानैदेखि अर्जुनधारा मन्दिर परिसरमा भीड लागेको थियो । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको अर्जुनधारामा भीड लाग्ने गर्छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै झापाको अर्जुनधारा, शिवसताक्षीलगायत ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै अर्जुनधारामा अर्जुनधाराको मुल मन्दिरको वरिपरि शतबीज छरिएको छ ।