धनकुटा । पर्यटन वर्ष २०२० लाई लक्षित गरी धनकुटामा पार्कहरु निर्माणको काम भइरहेको छ । धनकुटा नगरपालिका ३ मा कागते ग्रिन पार्क र वडा नं ६ मा शिलढुंगा ग्रिन पार्क निमार्ण गरिएको हो ।

यी पार्कहरु निर्माण प्रदेश १ सरकारले आफ्नै लगानीमा गरिरहेको छ । शिलढुंगा ग्रिन पार्क करिब २५ लाखको लागतमा निमार्ण भएको हो ।

शिलढुंगा समुदायिक वनभित्र रहेको पार्कमा शौचालय, विश्रामलय, रेलिङ्ग, बगैचा निर्माण, सिडी निमार्णलगायत काम सम्पन्न गरिएको छ ।

यो पार्क निमार्णसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धनकुटा नगरपालिकाले जनाएको छ ।

यता प्रदेश सरकारको १० लाख र स्थानीय जनश्रमदान २ लाख गरी १२ लाखको लागतमा कागते ग्रिन पार्क निमार्ण भएको छ । पार्कसँगै कागतीको स्तम्भ समेत निमार्ण गरिएको छ ।

कागते र निगाले क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ पार्क निमार्ण गरिएको धनकुटा नगरपालिका वडा नं ३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए ।