इलाम । फाल्गुनन्द मार्ग अन्तरगत इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरे नजिकै बस दुर्घटना भएको छ ।

पाँचथरको रविबाट झापाको दमकतर्फ जाँदै गरेको ना २ ख ५६८८ नम्बरको बस शुक्रबार बिहान करिब ११ बजे फोमी होटेल छेउमा सडकमा पल्टेको हो ।

दुर्घटनामा परी २ जना महिला घाइते भएको माङसेबुङ गाउँकार्यपालिका सदस्य संगीता राइले जानकारी दिइन । घाइतेको हात हात भाचिएको र टाउको फुटेको उनले जानकारी दिइन । घाइतेहरुको पहिचान खुलेको छैन ।

उनीहरूको उपचारका लागि झापाको दमकतर्फ लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ ।