पोखरा । पोखरा महानगरपालिका–९ मा रहेको नव प्रभात माविमा मतदान हुँदै गर्दा बम बिस्फोट भएको छ ।
यसअघि शनिबार बिहान करिब पौने ८ बजे वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको थियो। मतदान केन्द्रभन्दा केही टाढा विष्फोटको भएको प्रहरीले जनाएको छ।
मतदातालाई त्रसित गराउन विष्फोट गराएको भन्दै प्रहरीले निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ। विष्फोटपछि सुरक्षा व्यवस्था झन् कडा बनाइएको छ।