अर्जुनधारा । नेपाल ख्रिष्टियन नागरिक संघ क्षेत्रीय समितिले विपन्न वर्गका नागरिकलाई लत्ताकपडा वितरण गरेको छ ।

अर्जुनधारा नगरपालिका वडा न १ मा सोमबार एक कार्यक्रमका बीच संघले अपाङ्ग, अशक्त, एकल महिला, दैविक प्रकोपबाट पीडितलाई न्यानो कपडा वितरण गरेको हो । एल्डर मदनकुमार राईको सहयोगमा संघले यहाँका अति विपन्न नागरिकलाई कपडा वितरण गरिएको हो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यता तथा ख्रिष्टियन नागरिक संघ २ नम्बर क्षेत्रीय अध्यक्ष राजवीर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

१ नम्बर वडा अध्यक्ष गजाधर खतिवडा, नेपाली ख्रिष्टियन नागरिक संघ केन्द्रीय उपाध्यक्ष शत्रुधन शाहा लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन संघका पूर्व सचिव एलसामु एल राईले गरेका थिए ।