अर्जुनधारा । मानवअधिकार समूहको अन्तरक्रिया मानवअधिकार समूहको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।

अर्जुनधारा वडा नं. ७ को सभाहलमा सोमबार शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा नगरपालिकाको सेवा प्रदायक र सेवाग्राहीबीच अन्तक्रिया गरिएको हो । मानवअधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

स्वागत तथा कार्यक्रमको औचित्यमाथि अर्जुनधारा इन्सेक इन्चार्ज राजन साम्पाङले प्रष्ट पारेको कार्यक्रममा इन्सेक झापा इन्चार्ज नरेश खातीले कार्यक्रमको उद्देश्यका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा नगरका पशुपन्छी मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राई, मानव अधिकार समूह अर्जुनधाराकी सदस्य सीता भारती, अर्जुनधारा नगरपालिका वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीलगायतको उपस्थिति थियो ।