0 Shares

काठमाडौं । आज (सोमबार) देशका अधिकांश स्थानमा घाम लाग्ने मौसमविद्ले अनुमान गरेका छन्।

अहिले बिहान तराई क्षेत्रमा हुस्सु-कुहिरो लागे पनि त्यो दिउँसोपछि हटेर जाने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।

अहिले देशको पहाडी क्षेत्रमा थोरै बादल देखिए पनि आज देशभरमा घाम लाग्ने उनको अनुमान छ।

‘अहिले काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि घाम लागेकै अवस्था छ,’ उनले भने, ‘तराईमा लागेको हुस्सुरकुहिरो पनि दिउँसोपछि हट्ने भएकाले त्यहाँ पनि घाम लाग्ने देखिन्छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

आगामी तीन दिनसम्म मौसम सामान्य रहने र केही स्थानमा आंशिक बदली भए पनि कतै हिमपात वा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

तर, तराई क्षेत्रमा हुस्सु-कुहिरो लाग्ने क्रम जारी रहेकामले चिसोबाट भने बच्न मौसमविद्ले सुझाव दिएका छन्।

यसैबीच आज बिहान गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३।३ डिग्री सेल्सियस पुगेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए।