धनुषा । जनकपुरमा शंकास्पद बस्तु फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ नेपाल राष्ट्र बैंक र नेपाल पत्रकार महासंघ धनुषा शाखा कार्यालयबाट १५० मिटरको दूरीमा शुक्रबारी बजार शंकास्पद बस्तु फेला परेको हो ।
अहिले शंकास्पद बस्तु फेला परेको ठाउँमा घेरा हालेर सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । घटनास्थलमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।
शंकास्पद बस्तु फेला परेको क्षेत्रभन्दा केही अगाडि, संघीय प्रहरी एकाई जनकपुरधामको कार्यालय रहेको छ । शंकास्पद बस्तु फेला परेकोले बम डिस्पोज गर्ने नेपाली सेनाको टोलीलाई बोलाइएको छ ।