झापा । अर्जुनधारा-३ स्थित खुदुनाबारी एकता इसाई समाजले क्रिसमसको अवसर पारेर बृद्धबृद्धालाई थर्मस वितरण गरेको छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि हरिकुमार रानाले बृद्धबृद्धालाई थर्मस वितरण गरेका थिए । सोमबार समाजले क्रिसमसको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ३ नम्बर वडाका १७ जना वयोबृद्धलाई थर्मस वितरण गरिएको समाजका सल्लाहाकार सदस्य बुद्ध बराइलीले जानकारी दिए ।
कार्यक्रममा विभिन्न गीतसंगीतसमेत प्रस्तुत गरिएको थियो । अर्जुनधारा नगर प्रमुख रानाले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । संस्थाका उपाध्यक्ष सन्तोष राईले स्वागत गरेको कार्यक्रममा ३ नम्बर वडाका सदस्य होम दुलाललगायतको उपस्थिति थियो ।